अर्घाखाँचीमा पोखरीमा डुबेर २७ बाँदर मरे

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १६ १३:०१ बजे
२७ बाँदर मरे

काठमाडौं । अर्घाखाँचीमा पोखरीमा डुबेर २७ बाँदरहरु मरेका छन् ।  सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदरको मृत्यू भएको हो ।  

सन्धिखर्क-९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर बादरहरु मरेका स्थानियले बताएका छन् ।  स्थानीय  पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने  आशंका गरेका छन् ।  पोखरी जङ्गलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीका रोहवरमा व्यवस्थापन गरिएको छ ।

२०७९ असोज १६ १३:०१ बजे

प्रतिक्रिया