दशैंमा काठमाडौं महानगरले निशुल्क एम्बुलेन्स सेवा दिने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १६ ११:३९ बजे
काठमाडौं महानगर

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले दशैंमा निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ  । दशैमा महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने महानगरका  मेयर बालेन्द्र शाहले जनाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् । 

 डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवाको ११८० मा फोन गरेर सेवा लिन सकिने र एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने  मेयर बालेनले जनाएका छन् । यसको लागि महानगरमा ५५८ स्वयमसेवक खटाउनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।

२०७९ असोज १६ ११:३९ बजे

प्रतिक्रिया