यातायातको सुविधा नहुँदा काँध बिरामी बोक्न बाध्य डडेल्धुराका मलास वासी

डडेल्धुरा भन्ने बित्तीकै शेर बहादुर देउवाको नाम आउँछ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १५ १८:०१ बजे
मलास वासी

डम्मर धामी,डडेल्धुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका मलास क्षेत्र भौगोलिक हिसाबले निकै दुर्गम रहेको छ ।  परशुराम नगरपालिकाको यस क्षेत्रमा यातायात र स्वास्थ्य उपचारको निकै समस्या रहेको छ । 

तस्बिरमा देखिएको फोटो आज बिहानको हो । मलास क्षेत्रको ददीगडमा आज एका बिहानै एक स्थानीयलाई प्रसव पीडा लाग्यो नजिक अस्पताल थिएन । नगरपालिकाको अस्पताल जाने हो भने ५\६ घण्टा लाग्छ त्यसमा पनि यातायातको सुविधा छैन् ।

परशुराम नगरपालिकाबाट बोकेर जोगबुढा अस्पताल लिनु भन्दा कञ्चनपुरमा को अञ्चल अस्पताल पुग्ने  हो भने नगरको भन्दा छिटो उपचार गर्ने पाइन्छ ।

मलासबाट अहिले नत कञ्चनपुरका लागि यातायातको व्यवस्था रहेको छ  नत जोगबुढा जानेको लागि नै । मलास बाट महेन्द्रनगर जाने हो भने दुई घण्टामा पुन्ग सकिन्छ ।  आज बिहान प्रसव पीडाले च्यापेका स्थानीयले  कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा गएर बच्चा पाएका  छन् । यसरी आफूले यातायातको सुविधा नभएको कारण  कठिनाइपीडाहरू भोग्नु परेको स्थानीहरूकाे गुनासो रहेको छ ।

डडेल्धुरा भन्ने बित्तीकै  शेर बहादुर देउवाको नाम आउँछ जुन जिल्लाबाट पटक पटक चुनाव जितेर पाँच पटक त प्रधानमन्त्री नै बनिसकेका छन् । अहिलेको स्थानीय तहमा पनि नेपाली कांग्रेसकै सरकार रहेको छ । मलास क्षेत्रमा यातायात, बिजुली, सञ्चार र खाने पानिको  अभाव रहेको छ । 

May be an image of 4 people, people standing, tree and outdoors
    

२०७९ असोज १५ १८:०१ बजे

प्रतिक्रिया