उपचारका लागि अस्पताल भर्ना भएका दुई कैदी फरार

दुवै जना जिल्ला कारागार झापामा थिए

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १५ १५:२१ बजे
कैदी फरार

काठमाडौं  । उपचारका लागि  अस्पताल भर्ना भएका दुई जना कैदी फरार भएका छन् । क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदीबन्दी फरार भएका हुन । राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार  भएका हुन् । 

जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार  क्षयरोग लागेपछि उनीहरूलाई भदौ र असारमा क्षयरोग निवारण संस्थामा ल्याएर उपचार थालिएको थियो । उपचारका क्रममा उनीहरू शनिवार बिहानदेखि फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । 

हेमरम जवरजस्तीकरणी मुद्दाका कैदीमा रहेका थिए  । उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । गुरुङ  लागुऔषध मुद्दामा पूर्पक्षका लगि थुनामा रहेका थिए  । जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उनिहरुको सुरक्षमा खटिएमा प्रहरीहरुमा अनसन्धान भईरहेका र फरारहेका हरुको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

२०७९ असोज १५ १५:२१ बजे

प्रतिक्रिया