कैलालीमा चरी बाघको बच्चा भेटियो

गौरीगङ्गा नगरपालिका –७ स्थित चौधरी खोलामा शनिबार चरी बाघको बच्चा भेटीएको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १५ १४:५३ बजे
चरी बाघ

काठमाडौं ।  कैलालीमा चरी बाघको बच्चा  भेटिएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका –७ स्थित चौधरी खोलामा शनिबार चरी बाघको बच्चा भेटीएको हो ।  

चरी बाघको बच्चालाई सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरी धनगढी  ल्याएको हो । उद्धार गरेर ल्याइएको चरी बाघको बच्चालाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको छ । अहिलेलाई त्यो बच्चा त्यहि रहने र पछि त्यसलाई जंगलमा लगिने डिभिजन वन कार्यालय धनगढीमा कार्यरत रेन्जर रामऔतार चौधरीले बताएका छन् ।  भेटिएको चरी बाघ अल्पवयस्क अवस्थाको रहेको विज्ञले बताएका छन् ।

नेपालमा चरी बाघ सामान्य मानिए पनि संरक्षणको प्राथमिकतामा परेको प्रजाति रहेको विज्ञको भनाई रहेको छ । 

२०७९ असोज १५ १४:५३ बजे

प्रतिक्रिया