सल्यानमा बिहानै मन्दिर दर्शनका लागि जादै गरेको जिप दुर्घटना परि दुई जनाको ज्यान गयो

मन्दिरमा दशैको अवसरमा विशेष पूजाआराधना लाग्ने गर्दछ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १५ ०९:२६ बजे
जिप दुर्घटना

 काठमाडौं ।  सल्यानमा शनिबार  बिहान जिप दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।  कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरको दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जिप बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा नजिकै दुर्घटनामा परेको हो । 

कुमाख गाउँपालिका ७ डुमकोटका अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र करिब १४ वर्षीया यनका पुनको जिप दुर्घटना  परि ज्यान गएको  जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले  बताएका छन् । घाइते कति छन् भन्ने यकिन भएको छैन । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

मृत र घाइते सबै खैरावाङ मन्दिर दर्शनका लागि जान लागेका थिए । प्रसिद्ध खैरावाङ मन्दिर नेपालका शक्तिपीठमध्ये हो । मन्दिरमा दशैको अवसरमा विशेष पूजाआराधना लाग्ने गर्दछ ।

२०७९ असोज १५ ०९:२६ बजे

प्रतिक्रिया