आज बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन

कात्यायनी देवीको पूजाआजा गरिँदैछ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १५ ०८:२२ बजे
कात्यायनी देवी

काठमाडौं ।  आज बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन, कात्यायनी देवीको पूजाआजा गरिँदैछ मनाइदै छ ।  आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा गर्ने प्रचलन रहेको छ ।   

आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रही आएको छ।  भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिको छ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ

२०७९ असोज १५ ०८:२२ बजे

प्रतिक्रिया