वडा कार्यलयमा चुरोट पिउने सचिवलाई यस्तो सजाय हुन्छ

के छ कानुनि प्रावधान

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ १९:०५ बजे
चुरोट पिउने सचिव

डम्मर धामी,काठमाडौं । बझाङको एउटा वडामा वडा  सचिवले चुरोट तान्दै गरेको फोटो सामाजिम सञ्जालमा निकै भाइरल भएको छ । चुरोट तान्दै गरेका वडा सचिव जय पृथ्वी नगरपालिका वडा न. १ कैलाशका सचिव रहेका छन् । 

उनि आफ्नो सेवा कक्षमा चुरोट पिउने र सेवाग्राहिको काम गर्ने अटेरी गर्दै आएको जनगुनासो  रहेको छ ।   

के छ कानुनि प्रावधान 

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले धुम्रपान सम्बन्धि केही कानुनि व्यवस्था गरेको छ । ऐनको परिच्छेद–५ सजाय तथा पुनरावेदन व्यवस्था गरेको छ । कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा व्यवस्थापकले देहाय सजाय भोग्नु पर्ने छ । 

(क) धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न व्यवस्था रहेको छ । (ख) धूम्रपान वा सूर्ति सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसँग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाही गर्नु पर्ने ।
(२) व्यवस्थापकले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजलाई कानून बमोजिम अधिकारप्राप्त अधिकारीले सचेत वा विभागीय कारबाही गर्नु पर्नेछ ।(३) व्यवस्थापकले उपदफा (१) को खण्ड (क) बमोजिम जरिबाना वापत लिएको रकम राजश्व खातामा जम्मा गर्नु पर्नेछ ।(४) उपदफा (१) वा (२) बमोजिम व्यवस्थापक वा अधिकारप्राप्त अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।(५) देहायको अवस्थामा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित व्यक्तिलाई देहाय बमोजिम सजाय गर्नु
पर्नेछ –

(क) दफा ५ बमोजिम सूचना टाँस नगरेमा पाँच हजार रुपैयाँसम्म जरिबाना, (ख) दफा ७, ८ र ९ बमोजिमको कुनै काम नगरेमा त्यस्तो सूर्तिजन्य पदार्थ जफत गरी पचास हजार रुपैयाँ सम्म जरिबाना, (ग) दफा १० विपरीत कुनै काम गरेमा एक लाख रुपैयाँसम्म जरिबाना, (घ) दफा ११ विपरीत कुनै काम गरेमा दश हजार रुपैयाँसम्म जरिबाना, (ङ) खण्ड (क), (ख), (ग) र (घ) मा लेखिएदेखि बाहेक यस ऐन विपरीत अन्य कुनै काम गरेमा पाँच हजार रुपैयाँसम्म जरिबाना ।

२०७९ असोज १४ १९:०५ बजे

प्रतिक्रिया