यि पेट्रोल पम्प दसैँ बिदामा पनि खुला रहने

बिदामा १३ डिपोहरुसमेत खुला राख्ने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ १४:३६ बजे
पेट्रोल पम्प

काठमाडौं ।  नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरू खुला  राख्ने भएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३  डिपोहरुसमेत खुला राख्ने बताएको हो । 

दसैँमा बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरू खुला राख्ने निगमले निर्णय गरिएको हो ।  प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहने लनिगमका निर्देशक वीरेन्द्र गोइतले  जनाएका छन् ।  

लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णाली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला रहनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने  जनाइएको छ ।  

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरू २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरू विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ ।

२०७९ असोज १४ १४:३६ बजे

प्रतिक्रिया