वर्षाले खोटाङको दिक्तेलमा एउटा घर भत्कियो

घर ढुङ्गामाटो प्रयोग गरेर बनाइएको थियो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ ०८:५१ बजे
घर भत्कियो

काठमाडौं । भारी वर्षाका कारण खोटाङको दिक्तेलमा एउटा घर  भत्केको छ ।  वर्षाका कारण  पानि पस्दा घर भत्केको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीन तले घर गएरातिको वर्षाले भत्किएको  हो ।

बस्नेतको घर ढुङ्गामाटो प्रयोग गरेर बनाइएको थियो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेका प्रहरीले जनाएको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ । 

वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन् । बाटो अवरुद्ध भएपछि दशैं मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लावासी  आवत जावत गाह्रो परेको छ । वर्षापछि वडाका विभिन्न ठाउँमा पहिरो खस्दा ठूलो क्षति पुगेको छ  । पहिराले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रासमेत मरेका छन् । पिडित राहतका लागि फोन गर्न थालेका दिक्तेलका वडाध्यक्ष नवराज राईले  बताएका छन् । जिल्लामा मानवीय क्षति नभएको  प्रहरीले जनाएको छ । 

२०७९ असोज १४ ०८:५१ बजे

प्रतिक्रिया