डेङ्गी नियन्त्रणका लागि पालिकालाई थप जिम्मेवार बन्न आग्रह

डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै बच्नु हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ ०८:२२ बजे
डेङ्गी

काठमाडौं । लगातार डेङ्गी सङ्क्रमित र ज्यान गुमाउने थपिँदै  गएका छन्नेपालीहरूको माहान चाड नजिकिए सँगै यसको महामारी फैलिएर जाने अनुमान गरिएको छ । यसको रोकथामका लागि केन्द्र सरकार स्थानीय सरकार र सबै स्थानहरू सजक हुनु त्यतिनै आवश्यक रहेको छ । चाडपर्वमा चहपहलमानिसहरको आवत जावत पनि बढेर जाने भएकाले यसको जोखिमलाई बढाएको छ।   यो बेलामा डेङ्गी थप बढ्न सक्ने जोखिम रहेकाले पालिका तहका सरकारलाई जिम्मेवार बन्न इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

कोरोनाकालमा पालिकाले खेलेको भूमिका उल्लेखनीय रहेको तर अहिले डेङ्गीका बेलामा अपेक्षाअनुसार काम हुन नसकेको महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले  बताएका छन् । आवश्यक स्रोत र साधन अपुग भएमा उपलब्ध गराउन महाशाखा तथा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको उनले बताएका छन् । डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै  बच्नु हो । 

घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ताभन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न पनि डाक्टरको सुझाव रहेको छ ।  डेङ्गी फैलिएपछि साउन महिनादेखि नै देशभर लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालिएको थियो । तर पालिका तहमा अभियानले निरन्तरता पाउन नसक्दा सङ्क्रमण बढेको  अनुमन गरिएको छ ।  कात्तिक मसान्तसम्म नै जोखिम रहने भएकाले यो अभियान निरन्तर चलाउनुपर्ने र पालिका तहमा पनि त्यसैअनुसारका काम गर्न भनिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने हुनाले लामखुट्टेको टोकाइबाट बच्न विज्ञले आग्रह रहेको छ ।डेङ्गी नियन्त्रण गर्नका लागि लामखुट्टे खोज्ने र नस्ट गर्ने अभियान हरेक हप्ता दुई पटक गर्न आवश्यक रहेको विज्ञहरले जनाएका छन् ।  तर, पालिकाले यो अभियानलाई प्राथमिकतामा राख्न नसक्दा जोखिम थप बढेको छ । जाडो महिना लागेपछि डेङ्गी आफैँ हराएर जान्छ भन्ने बुझाइका कारण अहिले सङ्क्रमण उच्च तहमा पुगेको विज्ञहरूको भनाइ रहेको छ ।  

२०७९ असोज १४ ०८:२२ बजे

प्रतिक्रिया