जापान, अमेरिका र दक्षिण कोरियाका नौसेनाले संयुक्त सैन्य अभ्यास गर्ने

यसैबीच, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया जाँदै छिन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ ११:३७ बजे
सैन्य अभ्यास

 काठमाडौं । जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका नौसेनाले शुक्रबार संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।  जापानको समुद्री आत्मरक्षा बल (एमएसडीएफ)ले बिहीबार सो जानकारी दिएको हो । पनडुब्बीविरोधी गतिविधिलगायतका अन्य सैन्य अभ्यास जापानको सागरमा हुनेछ, जसलाई दक्षिण कोरियाले पूर्वी सागर भन्छ ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया जाँदै छिन् । भ्रमणका क्रममा उनी दुई कोरियालाई छुट्टाउने गैरसैनिक क्षेत्रको अवलोकन गर्नेछिन् । सो अवसरमा उनले उत्तर कोरियाको आणविक परीक्षणको निन्दा गर्ने अनुमान गरिएको छ । पछिल्ला समयमा उत्तर कोरियाले शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरेको छ जसको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ । 

उत्तरका आणविक परीक्षणलाई लिएर विभिन्न देशहरूले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् ।  एजेन्सी

२०७९ असोज १३ ११:३७ बजे

प्रतिक्रिया