डेँगुका कारण एकै दिन चारजनाको मृत्यु -कसरी चिन्न र बच्ने

डेँगुबाट कसरी बच्ने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १२ २१:३५ बजे
डेँगुबाट कसरी बच्ने

काठमाडौं । लामखुट्टेको टोकाइबाट फैलिने डेंगु नेपालमा तिव्र   रुपमा फैलँदै गएको छ । नेपालमा पछिल्लो समयमा डेँगुका कारण अस्पताल भर्ना हुनेहरू र मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समयमा डेँगुको कारणबाट ज्यान जाने संख्या बढेसँगै यसको जोखिम बढ्दै गएको पुष्टि भएको छ । बितेको २४ घण्टामा मात्रै नेपालमा डेँगुका कारणबाट चार जनाको ज्यान गएको छ । 

नेपालमा  आज चार जनाको ज्यान गएसँगै डेँगुबाट ज्यान  जानेको संख्या  संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार   साउनदेखि हालसम्म देशभर ३६ सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु देखिएको छ। लुम्बिनीमा ३ हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५ गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु देखिएको छ। 

मन्त्रालयले एडिज प्रजातिको पोथी लामखुट्टेबाट सर्ने डेँगुबाट जोगिन लामो बाउला भएका लुगा लगाउन सर्वसाधारणलाई भनेको छ। नेपालमा पहिलो पटक २०६१ मा डेंगु देखिएको थियो। त्यसयता हरेक तीन वर्षमा डेँगुले महामारीको रूप लिने गरेको छ। 

डेँगुबाट कसरी बच्ने 

डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्छ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्छ र यसको वृद्धि विकास हुन्छ । डेँगुबाट बच्नका लागि आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने बानी बसाल्नु प्रर्छ । 

पूरै शरीर ढाक्ने लुगा लगाउने । पानी राख्ने भाँडाहरू जस्तै ट्याङ्कीको, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौँ ।काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन  गर्ने हो भने पनि यसबाट बच्न सकिन्छ ।

 साथै घर र विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क र बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने  गर्नुप्रर्दछ ।  । कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्ने  हो भने पनि लामखुट्टेको विकास उत्पादनमा मकि आउँछ । एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुनु आवश्यक रहेको छ ।  

कसरी चिन्ने डेंगु 

हामिलाई डेंगु भएको वा नचएको चिन्नको लागि यदि बसैलाई  उच्च ज्वरो  ,जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु  आँखाको गेडी दुख्नु , बेस्सरी टाउको दुख्नु ,शरीरमा राता बिमिराहरू आउनु वाकवाकी लाग्नु वा वान्ता देखीएका डेंगु भएको हुन सक्दछ । 

२०७९ असोज १२ २१:३५ बजे

प्रतिक्रिया