जापानमा महिलाको औसत तलब ३० लाख येन

यो तथ्याङ बुधबार सार्वजनिक गरेको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १२ २०:०९ बजे
औसत तलब

काठमाडौं ।  जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब  उल्लेख्य बृद्धी भएको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर) पुगेको छ । c । 

राष्ट्रिय राजश्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर)  रहेको छ ।

जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो। सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन(३७ हजार ६ सय ६१ डलर) रहेको थियो।

सन् २००२ यताकै उच्च हो तर सन् १९९७ मा ५७ लाख ७० हजार येन (३९ हजार ८ सय ७२ डलर) भन्दा कम हो। जापानमा पुरुषको तुलनामा महिलालाई ४५ प्रतिशत कम तलब दिइएको छ । 

२०७९ असोज १२ २०:०९ बजे

प्रतिक्रिया