राष्ट्रिय चलचित्र पुरस्कार २०२२ अजय देवगनलाई

राष्ट्रिय चलचित्र पुरस्कार २०२२ अजय देवगनलाई

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १८:५५ बजे
अजय देवगन

काठमाडौं । भारतको राष्ट्रिय चलचित्र पुरस्कार २०२२स् यस वर्षको ६८ औं राष्ट्रिय चलचित्र पुरस्कारको १० सदस्यीय निर्णायक मण्डलको नेतृत्व चलचित्र निर्माता विपुल शाहले गरेका छन् । यो अवार्ड समारोह दुई वर्षदेखि दिल्लीमा आयोजना गरिएको थियो। अजय देवगन लगायत धेरै स्टारले राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

राष्ट्रिय चलचित्र पुरस्कार २०२२ को विजेता घोषणा गरिएको छ। यो वर्ष भारतका धेरै उत्कृष्ट चलचित्रहरू सूचीमा परेका छन्। साउथ सुपरस्टार सुरियाको फिल्म ‘सूरराई पोत्रु’ले ठूलो जित निकालेको छ । योसँगै सञ्जय दत्तको फिल्म तुस्लिदास जुनियरले पनि बेस्ट हिन्दी फिल्मको अवार्ड जित्यो । यो वर्ष करिब ३०० फिचर फिल्म र १५० गैर फिचर फिल्म पठाइयो। यसमा ३० विभिन्न भाषाका फिल्महरू समावेश थिए।

अजय देवगन र साउथ सुपरस्टार सुर्याले सर्वोत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म अवार्ड जिते । अजयले यो अवार्ड फिल्म तानाजीका लागि पाएःद अनसंग वारियर र सुरियाले फिल्म ‘सूरराई पोत्रु’ बाट अवार्ड पाएका थिए ।

अजय देवगनले राष्ट्रिय अवार्ड पाएपछि खुसी व्यक्त गरेका छन् । उनले भने, ‘तानाजी फिल्मका लागि सर्वोत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जित्न पाउँदा म निकै खुसी छु । मेरा साथ सुरियाले उनको फिल्म सूरराई पोत्रुबाट अवार्ड जितेका थिए । म सबैलाई धन्यवाद दिन चाहन्छु। मेरो रचनात्मक टोली, दर्शक र मेरा फ्यानहरूम मेरा आमाबाबुप्रति आभारी छु। र भगवानलाई धन्यवाद। सबै विजेताहरूलाई मेरो शुभकामना।

उत्कृष्ट

अभिनेत्री अपर्णा बालामुरलीले चलचित्र ‘सूरराई पोत्रु’ बाट उत्कृष्ट महिला अभिनेताको राष्ट्रिय अवार्ड जितेकी छन् ।


फिचर फिल्म


सुर्या र अपर्णा अभिनित सूरराई पोत्रुलाई पनि उत्कृष्ट फिचर फिल्मको अवार्ड दिइएको थियो । यो वर्ष यो फिल्म सबैभन्दा ठूलो विजेता बनेको छ । उत्कृष्ट पटकथाको अवार्ड पनि सूरराई पोत्रुले पाए ।


सर्वोत्कृष्ट हिन्दी फिल्म

राजीव कपुर र सञ्जय दत्त अभिनित फिल्म तुस्लिदास जुनियरलाई सर्वोत्कृष्ट हिन्दी फिल्मको अवार्ड दिइएको छ ।सलाई मृदुल तुलसीदासले निर्देशन गरेका थिए । यो चलचित्रलाई मृदुलले लेखन तथा निर्माण गरेका हुन् । यसै क्रममा यस फिल्मका अभिनेता वरुण बुद्ध देवलाई उत्कृष्ट कामको लागि फिचरको विशेष उल्लेख गर्दै पुरस्कृत गरिएको छ ।


उत्कृष्ट गीतकारको अवार्ड


गीतकार मनोज मुन्तासिरलाई फिल्म ‘साइना’का लागि उत्कृष्ट गीतकारको अवार्ड दिइएको छ ।


सर्वश्रेष्ठ सह(अभिनेता

अभिनेता बिजु मेननलाई मलयालम फिल्म एके अय्यप्पनम कोशियुमका लागि सर्वश्रेष्ठ सह९अभिनेताको राष्ट्रिय पुरस्कार प्रदान गरियो।


उत्कृष्ट सहायक अभिनेत्री


लक्ष्मी प्रिया चन्द्रमौलीले उनको तमिल फिल्म ुशिवरंजिनीयुम इनुम सिला पेंगलमु को लागि सर्वश्रेष्ठ सह९अभिनेत्रीको अवार्ड प्राप्त गरे ।


२०७९ साउन ६ १८:५५ बजे

प्रतिक्रिया