जापानका पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा

उनको गएको असार २८ गते अन्त्येष्टि गरिएको थियो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १०:२९ बजे
शिन्जो आबे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा हुने भइको छ । श्रद्धाञ्जली सभामा  विश्वका विभिन्न देशका शीर्ष नेताहरु सहभागि हुने भएका छन्  । विश्वका विभिन्न देशका  नेताहरु उनको अन्तिम सभामा सहभागि  हुनका लागि टोकियो पुगेका  छन् ।  

६७ वर्षीय आबे जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्रीका रुपमा मानिनुहुन्छ । उनको गएको जुलाई ८ तारिखमा एक चुनावी र्‍याली भैरहेका बेला नारा शहरमा  गोली हानी हत्या गरिएको थियो । आज हुन लागेको श्रद्धाञ्जली सभाका लागि झण्डै २० हजार सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले जनाएको छ । पुलिसले गएको जुलाईमा नै आबेलाई प्रदान गरिएको सुरक्षामा त्रुटी भएको स्वीकार गरेको थियो ।

यस पहिले सन् १९६७ मा एक पूर्व प्रधानमन्त्रीका लागि पनि जापानले राष्ट्रिय अन्त्येष्टिका लागि समारोह गरेको थियो । सत्तारुढ दल लिबरल डेमोक्रेटिकका प्रभावशाली नेताले देशप्रति दिएको योगदानको कदर गर्दै यो सम्मान दिन लागेको भने पनि विपक्षी दलहरुले राज्यको सम्पत्तिबाट समारोह गर्न नहुने भन्दै विमती राख्दै आएका छन् । उनको गएको असार २८ गते अन्त्येष्टि गरिएको थियो ।


२०७९ असोज ११ १०:२९ बजे

प्रतिक्रिया