मेरिकाका गोप्य दस्तावेज लिक गर्ने स्नोडेनलाई रुसकाे नागरिकता

स्नोडेनले सन् २०१३ मा गोप्य सरकारी दस्तावेज लिक गरेको आरोप रहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ ०८:११ बजे
स्नोडेन

काठमाडौं । अमेरिकाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप खेप्दै आएका एडवर्ड स्नोडेनलाई रुसले नागरिकता  पाउने भएका छन्  । स्नोडेनलाई रुसको नागरिकता दिन राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिइसकेको बीबीसीले जनाएको छ ।

स्नोडेनले सन् २०१३ मा गोप्य सरकारी दस्तावेज लिक गरेको आरोप रहेको छ । ती दस्तावेजहरुमा अमेरिकाका गुप्तचरहरुले अन्तर्राष्ट्रियस्तरमा कसरी निगरानी गरिरहेका छन् भन्ने उल्लेख थियो ।स्नोडेनलाई रुसले सन् २०२० मा स्थायी निवासको अधिकार दिएको थियो ।

२०७९ असोज ११ ०८:११ बजे

प्रतिक्रिया