नेपाली कामदारले ज्याला माग्दा बेपत्ता -दिल्लीस्थित नेपाली राजदुतावासलाइ खवर गरेपनि बेवास्ता

गाडीको डिग्गीमा कामदार राजेश लाई हालेर अज्ञात स्थानमा लगी बेपत्ता पारिएको कुरा राजेश रावलका भाइ राजु रावलले जानकारी दिएका छन

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० २२:२१ बजे
वेपत्ता राजेश रावल

 काठमाडौं । नेपालबाट कामको खोजीमा भारत गएका  डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वार्ड न. 10 लामिजाला घर भइ हाल भारतको कर्नाटक राज्यको व्यङलोर शहरको जयनगर 6th block shree krishna vaibhava होटलमा विगत लामो समयदेखि काम गर्दै आएका राजेश रावल ले तीन महिना देखि तलब नपाएको हुँदा मिति 16 September 2022 मा मालिकसँग तलब भुक्तानी को कुरागर्दा  होटेल मालिकले तलबको भुक्तानी गर्न नमाने पछि दुवै पक्ष बिच विवाद भई राजेश रावललाई होटल  मालिकले  हातपात गरि कुटपिट समेत गरेको थिए।  होटल मालिकले आफ्ना अन्य स्थानीय साथीहरूलाई बोलाई गाडीको डिग्गीमा कामदार राजेश लाई हालेर अज्ञात स्थानमा लगी  बेपत्ता पारिएको कुरा  राजेश रावलका भाइ राजु रावलले जानकारी दिएका छन ।

बेपत्ता भएको समयमा र   निरन्तर तीन दिन सम्म जादा पनि जयनगर पुलिस स्टेसनमा उजुरी लिन नमानी  आनाकानी गरेको भन्ने खबर नेपालीहरूको संस्था मेची माहाकाली जागरण अभियान भारत  ( न्यास )  प्राप्त भए पछि सो अभियानका अभियन्ता नरेश बहादुर धामी र कर्नाटक राज्य समिति अध्यक्ष एल बि धामी र राज्य समिति कोषाध्यक्ष धन बहादुर नेगी समाजसेवी  रमेश बिष्ट  लगायतका अन्य प्रवासी नेपालीहरूको दबाबमा उजुरी दर्ता गरि छिटो भन्दा छिटो उक्त खोजी कार्य तत्काल अगाडि बढाइ बेपत्ता नेपाली कामदारको खोजी गरी  बेपत्ता गर्ने होटल मालिक  समेतका दोषीमाथि नियमानुसार कडा कारबाही गर्ने त्यहाँ प्रहरी निरीक्षक ले प्रतिबद्धता जनाए पनि आज सम्म राजेश रावल पत्ता लागेको छैन ।

नेपाल सरकारको प्रतिनिधिको रुपमा दिल्लीस्थित नेपाली राजदूतावास समक्ष  यि नेपाली कामदार माथि भएको घोर अन्यायकाबारे   जानकारी गराउँदा पनि कुनै पहल र प्रयास नगरेको कुरा हाम्रा दिल्लीस्थित सम्वाददाता सुरेन्द्र बोहराले जनाएको छन्।


बेपत्ता पारिएको राजेश रावलले काम गर्ने होटलको फोटो

२०७९ असोज १० २२:२१ बजे

प्रतिक्रिया