प्रचण्डले आफु प्रधामन्त्रीकाे दौडमा नरहेको बताएसँगै देउवालाई जुर्ने भयो छैटौँ पटक प्रधानमन्त्री बन्ने अवसर 

सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याउन सकेन भने प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री बन्ने छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० ११:२८ बजे
शेर बहादुर देउवा

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू  प्रधानमन्त्रीको दौडमा  नरहेको बताए सँगै नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा चुनाव पछि फेरी  मुलकको प्रधानमन्त्री बन्ने बाटो सहज बन्ने भएको छ ।  

घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको रेसमा  नभएर देशको आर्थिक विकासको दौडमा रहेको बताएका हुन् । उनले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य  नभएको  बताएका हुन् । गठबन्धमा आगामी मंसिरको निर्वाचन पछि प्रधानमन्त्री को बन्ने भन्नेमा पनि अन्योल थियो । माओवादी केन्द्रका अध्यक्षले पनि  आफू देशको बागडोर समाल्न तयार भएको र जनताले प्रचण्डलाई हेर्न चाहेको बताउदै आएका थिए ।

प्रधानमन्त्री पदका लागि  आफ्नो दौड नभएको बताए पनि नेपाली काङ्ग्रेसबाटै  देउवालाई भने चुनौती नै रहेको छ । नेपाली काङ्ग्रेसबाटै महामन्त्री गगन थापा र बरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीको दौडमा रहेका छन् । सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याउन सकेन भने प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री बन्ने छन् ।   

२०७९ असोज १० ११:२८ बजे

प्रतिक्रिया