सत्तारुढ गठबन्धन : प्रदेशसभामा सिट ३३० दाबी ४०७ 

सत्तारुढ गठबन्धन नेताहरू छलफलमा जुटे सँगै प्रदेशसभा तर्फको सिट बाँडफाँडले औपचारिकता पाएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० ०८:३६ बजे
सत्तारुढ गठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँड मिलाउन निकै सकस परिरहेको छ । लामो समय  देखी सत्तारुढ दलहरू छलफलमा जुटे पनि सहमति जुट्न सकेन ।सत्तारुढ पाँच दलका बिभिन्न दलहरूले सिट सङ्ख्याभन्दा बढीमा आफ्नो दाबी गरेका छन्

प्रदेशसभा तर्फ ३३० सिट रहेपनि विभिन्न राजनीतिक दलहरूले ४०७ सिटमा दाबी गरेका छन् । प्रदेशसभा तर्फको सिट बाँडफाँडमा पाच दलीय गठबन्धन प्रारम्भिक छलफलमा जुटेको हो प्रारम्भिक छलफल दलहरूको  माग कोटा भन्दा बढी हुन पुगेका हो । सत्तारुढ गठबन्धनको हिजो बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १८० सिटमा दाबी गरेको छ। नेकपा (माओवादी) केन्द्रले सय सिटमा दाबी गरेको छ। एकीकृत  समाजवादीले ७० सिटामा  दाबी गरेको छ । जसपाले ५० सिट र राष्ट्रिय जनमोर्चाले ७ मा आफ्नो प्रारम्भिक दाबी गरेको छ ।

सत्तारुढ गठबन्धन नेताहरू छलफलमा जुटे सँगै प्रदेशसभा तर्फको सिट  बाँडफाँडले औपचारिकता पाएको छ । 

२०७९ असोज १० ०८:३६ बजे

प्रतिक्रिया