'नागरिकता विधेयकमा राष्ट्रपतिले ठूलो भूल'

‘सर्वोच्च अदातले कारण देखाऊ आदेश दियो, राष्ट्रपतिसँग कारण देखाऊ आदेश सर्वोच्च अदालतले माग्नुको अर्थ राष्ट्रपतिको शीर झुक्नु हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० ०७:३६ बजे
वामदेव गौतम

 काठमाडौं । ‘नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपतिले ठुलो भुल गरेको बताएका छन् । 

नेपालगन्जमा आइतबार पत्रकारहरूसँगको कुराकानीमा गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको उक्त भूललाई राष्ट्रपतिले जीवनभरि पश्चाताप गरेर पनि सुधार्न नसक्ने बताएका हुन् ।  

उनले भने , ‘सर्वोच्च अदातले कारण देखाऊ आदेश दियो, राष्ट्रपतिसँग कारण देखाऊ आदेश सर्वोच्च अदालतले माग्नुको अर्थ राष्ट्रपतिको शीर झुक्नु हो । र झुक्यो पनि । जसले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, तिनीहरुले राष्ट्रपतिलाई अपमान गर्न र समाप्त गर्नका निम्ति भूमिका खेलेका छन्,’ उनले भने,‘आफूलाई समाप्त गर्न लागेको कुरा राष्ट्रपतिले ख्याल नै गर्नु भएन ।’

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता गौतमले एक पटक फर्काएको विधेयक सदनले फेरि राष्ट्रपतिसमक्ष पठाइसकेपछि प्रमाणीकरण गर्नुभन्दा अर्को विकल्प नभएको गौतमले बताए । उनले भने,‘राष्ट्रपतिले सोच्न पनि सक्नु हुन्न, उहाँले आफनो विवेक प्रयोग गर्न पनि पाउनु हुन्न, उहाँले छाप लगाउनै पर्छ, त्यो छाप उहाँको जीवनको सबभन्दा माथिल्लो स्तरको कर्तव्यको पालना हो ।’

२०७९ असोज १० ०७:३६ बजे

प्रतिक्रिया