इङ्ल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा पाकिस्तान विजयी

जितसँगै पाकिस्तानले ७ खेलको शृङ्खलामा २–२ को बराबरी बनाएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० ०७:२९ बजे
पाकिस्तान

काठमाडौं । इङ्ल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा पाकिस्तान  जित हात पारेको छ  । कराचीमा गए राति  भएको खेलामा पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले पराजित गरेको हो ।

जितसँगै पाकिस्तानले ७ खेलको शृङ्खलामा २–२ को बराबरी बनाएको छ । पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा मात्रै जोड्न सक्यो  । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ३४ र  लियाम डसनले ३४–३४ रनको योगदान गरे ।

पाकिस्तानका लागि मोहम्मद नवाज र हरिस राउफले ३र३ विकेट लिए भने मोहम्मद होस्नेनले २ तथा मोहम्मद वासिमले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै बाबर आजमले ३६ तथा शान रन बनाए । इङ्ल्यान्डका लागि रिसी टोप्लेले २ विकेट लिए भने  लियाम डसन र डेबिड विल्लेले समान एक\एक विकेट लिएका हुन् ।

२०७९ असोज १० ०७:२९ बजे

प्रतिक्रिया