अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारत विजयी

भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने युजभेन्द्र चहेल, हर्षल पटेल र भुवनेश्वर कुमारले समान १र१ विकेट लिए

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० ०७:२१ बजे
टी–२०-शृङ्खला

काठमाडौं । भारतले अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला जितेको छ । घरेलु मैदान हैदराबादमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले हराउँदै अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको हो ।

अस्ट्रेलिया भनरत सामु  १ सय ८७ रनको लक्ष्य राखेको थियो ।  जवाफमा भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । भारतका लागि सूर्यकुमार यादवले ६९ तथा विराट कोहलीले ६३ रनको अर्धशतकीय पारी खेले । 

अस्ट्रेलियाका लागि ड्यानियल साम्सले २ तथा प्याट कमिन्स र जोस हेजलउडले समान १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाएको  थियो । उसका लागि टिम डेभिडले ५४ र क्यामरुन ग्रिनले ५२ रनको अर्धशतकीय पारी खेले  पनि जिताउन सकेनन् ।

भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने युजभेन्द्र चहेल, हर्षल पटेल र भुवनेश्वर कुमारले समान १र१ विकेट लिए ।

२०७९ असोज १० ०७:२१ बजे

प्रतिक्रिया