साबा बास्केटबलमा नेपाल माल्दिभ्ससँग पराजित

दक्षिण एसियाका चार राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले दोस्रो खेल ११ असोजमा श्रीलंकासँग खेल्नेछ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० ०७:१३ बजे
साबा बास्केटबल

काठमाडौं । नेपाल माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नै हार व्यहोरेको छ । गएराति भएको खेलमा घरेलु टोलीसँग नेपाल ४७–५१ ले पराजित भएको हो ।

पहिलो क्वार्टर १४–१६ ले गुमाएको नेपालले त्यसपछिका दुई क्वार्टर १०–९, १२–९ ले आफ्नो पक्षमा पारेको थियो । तर, चौथो तथा अन्तिम क्वार्टरमा ११–१७ ले पछि पर्दै नेपालले खेल समग्रमा ४७–५१ ले गुमाउन पुग्यो ।

अघिल्लो संस्करणमा नेपालले माल्दिभ्सविरुद्व ७७–३६ को जित निकालेको थियो । दक्षिण एसियाका चार राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले दोस्रो खेल ११ असोजमा श्रीलंकासँग खेल्नेछ ।  

२०७९ असोज १० ०७:१३ बजे

प्रतिक्रिया