अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्ने

अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १७:१५ बजे
मौज्दात

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ। आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  बैंकको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्‍याएको बताएका हुन् । 

राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको हो।

यो सँगै बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर बढ्नेछ ।राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ ।

अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ ।वैधानिक तरलता अनुपात (एसएलआर) को सीमा समेत बढेको छ ।

राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो ।नेपाल राष्ट्र बैंकले दुईथरी ब्याजदरको व्यवस्था गरेको छ ।

मौद्रिक नीतिमार्फत कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था भएको हो ।बढ्दो आयात निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकको आयात गर्दा नै ब्याजदर दुईथरी हुनेछ ।

पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तीमा २ प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिकमा उल्लेख  गरीएको छ ।  


२०७९ साउन ६ १७:१५ बजे

प्रतिक्रिया