सिट बाँडफाँडको अन्त्य तिर सत्ता गठबन्धन

‘प्रतिनिधि सभामा लगभग सहमति जुट्यो, अब १६्'\१७ क्षेत्रमा मात्र मिल्न बाँकी छ,’ छलफलमा सहभागी एक नेताले जनाएका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ १५:३६ बजे
सत्ता गठबन्धन

काठमाडौं । लगातार छलफलमा  रहेको सत्ता गठबन्धनमा प्रतिनिधिसभाका लागि सिटको विषयमा अझै पनि कुरा मिल्न सकेको छैन् । सत्ता गठबन्धन दलले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ४८ क्षेत्रको बाँडफाँडमा सहमति जुटाएका छन्।

बाँकी १७ क्षेत्रको सहमति जुटाउन प्रदेश सभा तर्फका ३३० क्षेत्रबारे अहिले छलफल भइरहेको जनाएको छ ।  ‘प्रतिनिधि सभामा लगभग सहमति जुट्यो, अब १६्'\१७ क्षेत्रमा मात्र मिल्न बाँकी छ,’  छलफलमा सहभागी एक नेताले जनाएका छन् । 

आइतबार बिहानदेखि नै नेताहरू छलफलमा जुटेका हुन्। सत्तारुढ दलहरूलाई मधेश प्रदेशमा सीटमा बाँडफाँड गर्न असहज भएको हो । त्यस्तै कर्णालीका केही, बागमती प्रदेश र गण्डकी तथा प्रदेश १ को पनि केही क्षेत्रमा सहमति हुन बाँकी छ।

२०७९ असोज ९ १५:३६ बजे

प्रतिक्रिया