इङ्ग्ल्यान्ड र पाकिस्तान आज चौथो टी–२० खेल्दै

दुई देशबीचको पाँचौँ खेल बुधवार, छैटौँ खेल शुक्रवार र सातौँ तथा अन्तिम टी–२० खेल आउँदो आइतवार हुने छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ १२:०३ बजे
टी–२०

 काठमाडौं ।  इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको चौथो टी–२० क्रिकेट आज  हुने भएको छ । खेल कराचीमा बेलुका सवा ८ बजे सुरु  हुन लागेको हो ।  यी दुई देशले ७ खेलको टी–२० शृङ्खला खेलिरहेका छन् । यसअघि भएका तीन खेलमा इङ्ग्ल्यान्डले दुई र पाकिस्तानले एउटा खेल जितीसकेका छन् ।  

शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अगाडि रहेको छ । आजको खेल जितेमा घरेलु टोली पाकिस्तानले शृङ्खलामा २–२ को बराबरी गर्ने छ । पहिलो खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । त्यस्तै दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान ६३ रनले पराजित भएको थियो ।

दुई देशबीचको पाँचौँ खेल बुधवार, छैटौँ खेल शुक्रवार र सातौँ तथा अन्तिम टी–२० खेल आउँदो आइतवार हुने छ । 

२०७९ असोज ९ १२:०३ बजे

प्रतिक्रिया