जसपाद्धारा राष्ट्रपतिको राजीनामा माग्दै आन्दोलनको घोषणा

नमगरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता नागरिकताबाट वञ्चित हुनुपरेको भन्दै जसपा आन्दोलनको घोषणा गरेको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १५:१४ बजे
जसपा

काठमाडौं । जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । पार्टीले राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।  

नमगरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता  नागरिकताबाट वञ्चित हुनुपरेको भन्दै जसपा आन्दोलनको घोषणा गरेको हो । 

आन्दोलनका कार्यक्रमअनुसार भोलि ८ असोजमा मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेको विषयमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायी र सञ्चारकर्मीसँग छलफल गर्नेछ । 

साथै ११ असोजमा जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दै प्रदर्शन, १३ असोजमा पालिकास्तरमा अन्तरक्रिया गर्ने र १५, १६ र १७ असोजमा पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम रहेको जसपाले जनाएको छ ।

२०७९ असोज ७ १५:१४ बजे

प्रतिक्रिया