जाजरकोटमा व्यापारीलाई धम्की दिएर रकम असुली गर्ने एक जना पक्राउ

उनको साथबाट नं २ एमएम ९ राउन्ड, मेड ईन यूएसए लेखेको पेस्तोल एचजीटीफोर लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेन्ड ग्रिनेट थान १ समेत बरामद भएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १४:४१ बजे
पक्राउ

काठमाडौं । जाजरकोटमा पेस्तोलसहित एकजना पक्राउ  गरिएको छ ।  नलगाड नगरपालिका–५ ऐरारी निवासी इन्द्रबहादुर शाहीलाई प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट र नलगाडका विभिन्न व्यापारीहरूसँग हतियार देखाएर रकम असुली गर्ने कार्यमा संलग्न रहेको आरोपमा शाही बुधबार नलगाड नगरपालिका–५ स्थित सिके बजारबाट पक्राउ परेका हुन् । 

उनको साथबाट नं २ एमएम ९ राउन्ड, मेड ईन यूएसए लेखेको पेस्तोल एचजीटीफोर लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेन्ड ग्रिनेट थान १ समेत बरामद भएको प्रहरीले  बताएको छ ।

२०७९ असोज ७ १४:४१ बजे

प्रतिक्रिया