राष्ट्रपतिको कदम विरुद्ध सडकमा आउन प्रचण्डको आह्वान

‘गत सालदेखिनै प्रतिगमन नयाँ-नयाँ स्वरूपमा आइरहेको छ। ’

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १४:२९ बजे
पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम प्रतिगमन भएको भन्दै सडमा आउन आह्वान गरेका छन् । 

शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गत सालदेखि प्रतिगमनको  आएको र राष्ट्रपतिको यो कदम पनि प्रतिगामी भएको बताएका छन् । उनले भने, ‘गत सालदेखिनै प्रतिगमन नयाँ-नयाँ स्वरूपमा आइरहेको छ। ’ 

प्रतिनिधिसभा विघटन प्रकरणमा प्रतिगमनको विरोध गर्दै किसान र श्रमिक सडकमा उत्रिएपछि परास्त भएको भन्दै राष्ट्रपतिको कदमविरूद्ध पनि सडकमा उत्रिनुपर्ने उनको भनाइ छ।

उनले भने, 'गत साल लाखौंलाई सडकमा ल्याएपछि मात्र त्यो परास्त गर्‍यौं। अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षीत गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिन् । 'प्रतिगमनकारी शक्तिलाई परास्त गर्न फेरि वामपन्थी शक्ति एक बनाउने प्रयत्न भइरहेको उनले बताए।

२०७९ असोज ७ १४:२९ बजे

प्रतिक्रिया