आगामी मंसिर ४ मा हुने निर्वाचन नेकपा (मसाल) लगायतका अन्य ४ दलले बहिष्कार गर्ने

विचारमा आधारित निर्वाचन नहुने हुँदा यसको उपयोग गर्नु कुनै औचित्यता नभएको हुदाँ बहिष्कार गर्नुपर्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १४:०५ बजे
संयुक्त पत्रकार सम्मेलन

काठमाडौं  । आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई   नेकपा (मसाल) लगायतका अन्य चार पार्टीहरूले बहिष्कार गर्ने भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचन सशक्त रुपमा  बहिष्कार गर्ने विभिन्न पार्टीहरूले एक विज्ञप्‍ति मार्फत जानकारी दिएका छन् । नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति , नेकपा  क्रान्तिकारी (माओवादी) , नेकपा (बहुमत) र माओवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको सभाहलमा २०७९ असोज ६ गते  संयुक्त पत्रकार सम्मेलन  गरी यस्तो  घोषणा गरेका हुन् । 

३१ वर्षीय संसदीय निर्वाचन मा राष्ट्रघाती महाकाली, विप्पा, एमसिसि,एसपिपि जस्ता सन्धि सम्झौता , नागरिकता विधेयक ,महङ्गी भ्रष्टाचार अनियमितता, जन धात ,ठगी खाने दलाली तन्त्रको विकास भएको तर जनहित र राष्ट्रको पक्षको कुनै काम हुन नसकेको अव हुने निर्वाचन पनि लुटी खाने ठगी खाने कुराको अनुमोदन गर्ने बाहेक स्वच्छ निष्पक्ष ,  विचारमा आधारित निर्वाचन नहुने हुँदा यसको उपयोग गर्नु कुनै औचित्यता नभएको हुदाँ बहिष्कार गर्नुपर्ने कुरा विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

सो संयुक्त पत्रकार सम्मेलनको नेकपा ( मसाल) विशेष महाधिवेसन आयोजक समितिका प्रतिनिधि चिन्तामणी पौडेलको संचालनमा  र  नेकपा (बहुमत) का प्रवक्ता हेमन्त प्रकाश ओली ुसुदर्शनु ले चार दलको संयुक्त प्रेस वक्तव्य वाचन गरेका नेकपा (क्रान्तिकारी ( माओवादीं) का कार्यवाहक महासचिव सिपी गजुरेल र माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले सम्बोधन गरेका  हुन् । 

२०७९ असोज ७ १४:०५ बजे

प्रतिक्रिया