पाकिस्तानद्वारा विकेट नगुमाई २०० रनको लक्ष्य पूरा, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बन्यो कीर्तिमान

नेपालले पनि २३८ रनसम्म जोडेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १३:४० बजे
पाकिस्तान

काठमाडौं । पाकिस्तानले इङ्ल्यान्डविरुद्ध बिहीबार साँझ २०० रनको लक्ष्य विकेट नगुमाई पूरा  गरेसँगै  टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान रचेको छ ।  यस्तो कीर्तिामा अहिसम्म कसैले रचेको छैन् । 

पाकिस्तानको यो ऐतिहासिक सफलतामा कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवान नायक बने । आजमले ६६ बलमा ११० र रिजवानले ५१ बलमा ८८ रन बनाए । 

चार वर्षअघि अस्ट्रेलियाले न्युजिल्यान्डले दिएको २४४ रनको लक्ष्य पूरा गरेको थियो । सात बल बाँकी रहँदै पाँच विकेट गुमाएर अस्ट्रेलियाले उक्त लक्ष्य भेट्टाएको थियो ।

त्यस खेलमा अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यानद्वय डीआर्की सर्टले ७६ र डेभिड वार्नरले ५९ रन बनाएका थिए । उनीहरुले पहिलो विकेटका लागि ८.३ ओभरमा १२१ रनको साझेदारी गरेका थिए ।

पाकिस्तानले २३२, न्युजिल्यान्डले २५४, दक्षिण अफ्रिकाले २४१ र इङ्ल्यान्डले २४१ रनसम्म बनाएको इतिहास छ। नेपालले पनि २३८ रनसम्म जोडेको छ ।


२०७९ असोज ७ १३:४० बजे

प्रतिक्रिया