लोसपाबाट प्रदेश सांसद उम्मेदवार सिफारिस भएका चौधरी नै एमालेमा प्रवेश गर्दै

कपिलवस्तु क्षेत्र नं १ को प्रदेशसभा 'ख'बाट उम्मेदवार सिफारिस

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १३:०६ बजे
मधुसुदन शरण चौधरी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता मधुसुदन शरण चौधरी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि लोसपाबाट कपिलवस्तु क्षेत्र नं १ को प्रदेशसभा 'ख'बाट उम्मेदवार सिफारिस चौधरी एमाले प्रवेश गर्ने लागेका हुन् ।

असोज ११ गते कपिलवस्तुमा उनीसहितको टीमलाई पार्टी प्रवेश गराउन लागेको एमाले जिल्ला कमिटीले जनाएको छ । एमाले जिल्ला अध्यक्ष डम्बर शर्माले ११ गते ठूलो समूह पार्टी प्रवेश गर्ने कार्यक्रमको टुंगो लागेको र केन्द्रीय पदाधिकारीमध्ये प्रमुख अतिथि रहने बताएका छन् ।

चौधरीले देशको समस्या समाधान गर्ने क्षमता एमालेसँग मात्रै भएको भन्दै एमालेमा प्रवेश गर्ने लागेका हुन् । चौधरीले एमाले प्रवेश गरेसँग कमजो मानिएको एमाले पनि यस क्षेत्रमा बलियो हुने भएको छ । उनले एमालेबाट टिकट पाउँने सम्भावना पनि उतिकै रहेको छ ।

२०७९ असोज ७ १३:०६ बजे

प्रतिक्रिया