तोलामा हजारले बढ्यो सुनको मूल्य

आज शुक्रबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ ११:५८ बजे
सुनको मूल्य

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। विहीबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको  सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको महासङ्घले जनाएको छ ।  

हिजो बुधबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २०० रुपैयँमा कारोबार भइरहेको छ ।  

२०७९ असोज ७ ११:५८ बजे

प्रतिक्रिया