युरोपेली सांसदको टोली र एमाले उपमहासचिव ज्ञवालीबीच भेटवार्ता

स्थानीय तहको निर्वाचनलगायतको विषयमा छलफल केन्द्रित

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ ११:५४ बजे
युरोपेली सांसद

काठमाडौं ।  नेपाल भ्रमणमा आएको १० औँ युरोपेली संसद्का सांसदहरूले   एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

संसद् भवन नयाँ बानेश्वरमा बिहीबार भ्रमण टोलीका प्रमुख रिजनर एव्लीनसहित ६ जना सांसदहरूको टोलीले उपमहासचिव ज्ञवालीसँग अन्तर संसदीय छलफल गरेको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव डा. अञ्जान शाक्यले बताएका छन् ।

भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी ४ मंसिरमा हुने निर्वाचन, स्थानीय तहको निर्वाचनलगायतको विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।  

युरोपेली सांसद टोलीकी प्रमुख एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताइन् । उनले भनिन्,  ‘नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ। ’ प्रजातन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ । हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ ।’

२०७९ असोज ७ ११:५४ बजे

प्रतिक्रिया