प्रचण्डले लडाकुका नाममा भत्ता कुम्ल्याएको ओलीको आरोप

देउवामा पनि परिवारवाद नै

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १५:१७ बजे
ओली

काठमाडौं । प्रमुद प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारबादमा लिप्त भएको बताएका छन् ।  

च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धको नाममा आफ्नो परिवारभन्दा अरु केही नदेखेको उनको आरोप रहेको छ ।  

उनले भने, ‘प्रचण्डको बारेमा धेरै भन्नु छैन। युवाहरुलाई भावनामा बगाएर अनेक गतिविधि गर्नुभयो। सहिदका परिवारको अवस्था के छ?  तपाइँलाई त आफ्नै परिवार सुम्सुम्याएर बस्दा ठिक भएको छ। किन जनयुद्धका थोत्रा कुरा गर्नुहुन्छ।’ ‘तपाइँले जम्मा गरेर भत्ता कुम्ल्याएर अयोग्य लडाकु भनेर हटाइएको होइन।’ 

स्कुलबाट थुतेर लगेका युवाहरुको अहिलेको अवस्था कस्तो छ फर्केर हेर्न ओलीले प्रचण्डलाई आग्रह समेत गरेका छन् ।  

उनले भने ‘तपाईंले पढाइ बिगारेका युवाहरु के गर्दैछन्रु तीनको नाममा तपाइँले भत्ता लिएको होइन। आज के हालतमा छन् उनीहरुरु तिनीहरूको बारेमा सोच्नुभयोरु सबै नाटक तपाईंको’। चुनावको मुखमा पुल, अस्पताल, बाँध बनाउने भनेर जनताको आँखामा छारो हाल्न खोजेको उनो आरोप रहेको छ । 

प्रधानमन्त्री शेरबहादुरजी सोझो  भएको र  सत्ता आफन्त  चिन्ने अरुसँग मतलब नराख्ने भए पनि देउवामा पनि परिवारवाद नै भएको  बताएका छन्  । 


२०७९ असोज ६ १५:१७ बजे

प्रतिक्रिया