बैंकहरुले आफुखुसी व्याजदर बढाएको भन्दै सम्बन्धित निकायसँग छलफलामा जुटे अर्थमन्त्री जनार्दन शर्मा

बैंकहरुले आफुखुसी व्याजदर बढाएको भन्दै सम्बन्धित निकायसँग छलफलामा जुटे अर्थमन्त्री जनार्दन शर्मा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १५:०५ बजे
अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाएकोमा अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि  जनाएका छन् ।  बिहीबारदेखि काठमाडौंमा आयोजित विद्युतीय सवारी मेला ‘नाडा ईभी ओटो शो’मा उनले बैंकले निक्षेमा १३र१४ प्रतिशत ब्याज दिने नीति लिँदा उत्पादन क्षेत्रमा असर परेको  बताएका छन् ।  

उनले कार्यक्रममा बोल्दै भने ,“जुन देशमा बैंकमा पैसा राखेर १३र१४ प्रतिशत ब्याज पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला रु पक्कै पनि सम्भव हुँदैन । यहीँनेर समस्या आएको छ । यो समस्यालाई समाधान गर्नुछ। “किनभने, उद्योगमा लगाउँदा ७र८ प्रतिशत मात्र ब्याज आउने भयो ।” ब्याजदरको विषयमा सम्बन्धित निकयासँग छलफल गर्ने तयारी गरेको उनले बताए ।

उनले भने, “बैंकका प्रतिनिधि, उद्योगी र अर्थ मन्त्रालय माताहतका निकायलाई समेत राखेर यसको बारेमा आउने हप्तामा गम्भीर खालको छलफल गरेर निष्कर्ष निकाल्ने कार्यक्रम राख्न मैले सचिवज्यूलाई निर्देशन दिसकेको छु । सरकारले उत्पादन क्षेत्रलाई दुई प्रतिशत कम ब्याजदरमा ऋण उपलब्ध गराउने भन्ने नीति पास गरेर यसलाई कार्यान्वयनमा ल्याएको छ । किन अझै नीतिअनुसार काम हुँदैन ? यस्ता नीति कार्यान्वयन गर्न कहाँ के गर्नुपर्ने हो, हामी सबैले यसको दायित्व लिनुपर्छ ।”

र्थतन्त्रलाई बलियो बनाउन आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउनतर्फ आजको  आवश्यकता रहेको उनको भनाई रहेको छ ।  

२०७९ असोज ६ १५:०५ बजे

प्रतिक्रिया