सभामुख र उपसभामुखको पद खाली गराउन सर्वोच्चमा रिट

सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १४:५० बजे
सभामुख र उपसभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च  रिट दायर भएको छ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुख विरुद्ध रिट दायर गरेका हुन्।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुञ्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवा सुविधा प्रयोग गर्न रोक लगाउनसमेत माग गरेको छ ।  रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ।

प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको हो । 

२०७९ असोज ६ १४:५० बजे

प्रतिक्रिया