कांग्रेस प्रदेश सभापति यादव प्रदेशसभा सदस्यका लागि निर्वाचन लड्ने

मधेस कांग्रेसले सभापति यादवलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेर जाने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १४:४१ बजे
कृष्णप्रसाद यादव

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव रौतह– १ को 'ख'बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बिहीबार रौतहटको माधव नारायण नगरपालिकामा नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा उनले रौतहट – १ को (ख)मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने बताएका हुन् । 

मधेस कांग्रेसले सभापति यादवलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेर जाने तयारी छ ।रौतहट– १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएपछि प्रदेश सभापति यादव प्रदेशसभाको चुनाव लड्न  लागेका हुन्।

२०७९ असोज ६ १४:४१ बजे

प्रतिक्रिया