राष्ट्रपतिविरुद्ध विद्यार्थीको आन्दोलन

राष्ट्रपतिविरुद्ध विद्यार्थीको आन्दोलन

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १३:३९ बजे
राष्ट्रपतिविरुद्ध विद्यार्थीको आन्दोलन

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । 

संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै विद्यार्थी संगठनहरु आन्दोलन गरेका हुन् ।

बिहीबार माइतीघर मण्डलामा गठबन्धनका संयुक्त विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् । माओवादी  पनकट विद्यार्थि संगठनले भने हिजो पनि विरोध प्रदर्शन गरेको थियो । सरकारमा रहेका दलहरुको राष्ट्रपतिको विरोध जनाए पनि कतिपयले भने राष्ट्रपतिको कदमलाई सम्मान गरेका छन् । सरकारमै रहेको राष्ट्रिय जनमोर्चाले भने विरोध जनाएको छैन् ।   

२०७९ असोज ६ १३:३९ बजे

प्रतिक्रिया