गठबन्धन सरकारले गणतन्त्रमाथी हमला गरेको शंकर पोखरेलको आरोप

विवाह लगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कुन देशमा छ भन्दै प्रश्न समेत गरेका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १३:३१ बजे
शंकर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको बताएका छन् । 

काठमाडौँमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले  नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको  बताएका हुन् ।  

उनले अहिलेको सरकारलाई देशको भन्दा बाहिरी देश र नागरिकहरुको बढी चिन्ता भएको  आरोप लगाएका छन् ।  

उनले भने ,‘हाम्रा नेपाली चेलीहरू विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतीक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ। हाम्रो चेलीहरूको हकबारेमा बोल्न सक्नुपर्‍यो गठबन्धन । आफ्ना चेलीहरूको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरूसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ ।’

विवाह लगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा नरहेको बताउँदै  उनले  पाँच दलीय गठबन्धनलाई विवाह लगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कुन देशमा छ भन्दै प्रश्न समेत गरेका छन् ।  

२०७९ असोज ६ १३:३१ बजे

प्रतिक्रिया