पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका हुन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १२:५७ बजे
सर्वेन्द्र-खनाल-

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा औएमालेओमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका हुन् । 

पूर्वमहानिरीक्षक खनाल बिहीबार एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै, पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मियाँलगायत एमालेमा प्रवेश गरेका छन् ।

खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा मुछिएका थिए । खनाल एमाले नेता महेश बस्नेत र किसान श्रेष्ठसँगै जनकपुर पुगेका थिए । तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा केपी शर्मा ओलीको डिजाइन भएको आरोप लगाएका थिए ।

२०७९ असोज ६ १२:५७ बजे

प्रतिक्रिया