टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि पाकिस्तानले सार्वजनिक गर्यो जर्सी

पाकिस्तानको टोलीमा शाहिन शाह अफ्रिदी पुनः सामेल भएका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ५ १२:५८ बजे
पाकिस्तान

काठमाडौं । पाकिस्तानले अस्ट्रेलियामा आयोजना हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ ।

पाकिस्तान अघिल्लो संस्करणमा अस्ट्रेलियासँग सेमिफाईनलमा पराजित भएको थियो । पाकिस्तानले भारतविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्ने छ । पाकिस्तानले बाबर अजामको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

पाकिस्तानको टोलीमा शाहिन शाह अफ्रिदी पुनः सामेल भएका छन्। चोटका कारण अफ्रिदीले एसिया कप भने खेलेका थिएनन् ।

२०७९ असोज ५ १२:५८ बजे

प्रतिक्रिया