कम्युनिस्टहरू मिलेर कांग्रेसलाई एक्लो बनाउन छन् : पौडेल

कम्युनिस्टहरू मिलेर कांग्रेसलाई एक्लो बनाउन छन् : पौडेल

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १६:४० बजे
रामचन्द्र पौडेल

काठमाडौं ।  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई कम्युनिष्टहरुले  एक्लो  बनाउन खोजेको आरोप लगाएका छन् ।   शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसलाई  एक्लो बनाउन लागेका  बताएका हुन् । 

 पौडेलले   अन्तर्राष्ट्रिय शक्तिहरू र नेपालका कम्युनिस्टहरू एकताबद्ध भई कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको  आरोप  लागाएका छन् । वरिष्ठ नेता पौडेलले गठबन्धन आजको आवश्यक्ता भए पनि आगामी चुनावमा कम्युनिस्टहरू एक ठाउँमा उभिएर कांग्रेसलाई एक्लो  बनाउने  षडयन्त्र  भइरहेको  बताएका छन् । 

 उनले  अहिले रहेको  गठबन्भन  आगामि निर्वाचन सम्म लेजानसपर्ने  उनको  भनाई  रहेको छ । साथै उनले  माओवादी, एकीकृत समाजवादीलगायतका कम्युनिष्ट दलहरु कम्युनिस्ट एकता गरेर अघि बढ्ने  योजना रहेको  बताएका छन् । 

अन्तर्राष्ट्रिय शक्तिहरु पनि कम्युनिस्टलाई एकै ठाउँमा राख्नुपर्छ भनेर लागेका छन् । त्यतिमात्र होइन कांग्रेसलाई एक्लो पारेर यो मुलुकमा अरु सबैलाई एकै ठाउँमा राखेर महागठबन्धन गराउने कोसिसहरु भइरहेका छन् । यो प्रयास नेपाली कांग्रेस र प्रजातन्त्रलाई कमजोर पार्ने कोसिस हो भनेर बुझ्न जरुरी छ । हामीले चुनावी तालमेल मात्र गरेका हौँ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।

२०७९ साउन ६ १६:४० बजे

प्रतिक्रिया