नागरिकता विधेयक प्रमाणीकरण गर्ने अन्तिम दिन आज, पास नभए सर्वोच्च

२० भदौमा प्रतिनिधिसभा र राष्ट्रिय सभाले हुबहु पारित गरी फेरि राष्ट्रपति कहाँ पठाएको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ४ १२:५५ बजे
नागरिकता विधेयक

काठमाडौं।  संघीय संसद्‌बाट नागरिकता विधेयक पारित भएर राष्ट्रपति कार्यालय पुगेको १५ दिन पूरा भएसँगै आज राष्ट्रपतिले निणर्य लिनु पर्ने भएको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय पुगेको सो विधेयक उनले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् ।

२० भदौमा प्रतिनिधिसभा र राष्ट्रिय सभाले हुबहु पारित गरी फेरि राष्ट्रपति कहाँ पठाएको हो । दोस्रो पटक पठाइएको सो विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले लिएको समय पनि १५ दिन सकेको छ । पुनर्विचारका लागि १५ दिनको समय सीमा तोकिएकाले आजको दिनसम्म राष्ट्रपतिले निर्णल लिनैपर्नेछ । 

१४ दिन बितिसक्दा पनि प्रमाणीकरण नगरेपछि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच डेढ घन्टा लामो छलफल भए पनि विधेयक प्रमाणीकरण हुने कि नहुने भन्ने निश्चित नभएको भने छैन् ।

सत्तारुढ गठबन्धनको शीर्ष नेताको मंगलबार बस्ने बैठकमा नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे के गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  भने नागरिकता विधेयक पास नभए सर्वोच्च जाने बताएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले भने नागरिकतालाई  लिएर प्रधामन्त्री र राष्ट्रपति विच दोन्द्ध हुने बताएका छन् । सरकाले ल्याएको नागरिकता विधेयकको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहित अन्य राजनीतिक दलहरुले पनि विरोध गरेका छन् । 

२०७९ असोज ४ १२:५५ बजे

प्रतिक्रिया