नागरिकता विधेयकमा गृहमन्त्रीलाई सत्तारुढ दलकै सांसदको प्रश्न

नागरिकता विधेयकमा गृहमन्त्रीलाई सत्तारुढ दलकै सांसदको प्रश्न

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १६:१७ बजे
नागरिकता विधेयक

काठमाडौं ।  सत्तारुढ दल एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरीले वंशजभन्दा अंगीकृत नागरिकलाई बलियो बनाउन खोजिएको भन्दै गृहमन्त्रीलाई  प्रश्न  गरेकी छन् ।

नागरिकता विधेयकमा संशोधन प्रस्तावसमेत राखेकी उनले वैवाहिक अंगीकृतका लागि ७ वर्षे प्रावधानमा  राख्नुपर्नेमा बल  गरीन् ।

राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी उनले विभिन्न देशको प्रावधान हेरेर छिमेकी मुलुक भारत बराबर बनाइएको बताइन्। 

अहिले खुकुलो प्रावधान ल्याइको, आज विवाह गर्छौं, भोलि नागरिकता  दिन्छौं र पर्सी मन्त्री बनाउँछौं। यति खुकुलो प्रावधान कुन देशमा छरु . नेपाल ठूलठूला देशको बीचमा रहेकोले  नागरीता सम्बन्धि प्रावधान कडा बनाएर जानुपर्ने  उनको भनाई रहेको छ  ।

उनले भनिन्, मन्त्रीज्यूले सच्याउनुहुन्छ भन्ने आशा छ। निश्चित समय तोकेर वंशज नागरिक बलियो बनाउनुपर्छ,अंगीकृत नागरिक भएको रहेछ। कानुन र कुर्सीमा अंगीकृत नागरिक कसरी बलियो भए? 

२०७९ साउन ६ १६:१७ बजे

प्रतिक्रिया