भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित भेटीए

भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित भेटीए

bimbonline बिम्ब अनलाइन
२०७९ असार २७ ०८:२४ बजे
भारत

काठमाडौं ।  भारतमा  केहि महिना यता निरन्तर रुपमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै  गएको छ । केहि समय कोरोना संक्रमण  हुनेको संख्या थामिय पनि फेरी तिव्र गतिमा कोरोना संक्रमण  देखीन थालेको हो । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् । त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ ।

२०७९ असार २७ ०८:२४ बजे

प्रतिक्रिया