कांग्रेसले समानुपातिक उम्मेदवारको सूची ३ बजे बुझाउने

प्रदेशगत रूपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १४:२३ बजे
कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने  भएको छ ।  सहमहामन्त्री भीष्मराज आङ्दाम्बेले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने जनाएका छन् ।  

कांग्रेसको संसदीय समितिको बैठकले समानुपातिक तर्फका उम्मेदवारको सूची प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले बनाइरहेको छ । बैठकमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी रहेका छन् । 

प्रदेशगत रूपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको छ । उनीहरु आ–आफ्नो गृह प्रदेशका समानुपातिक उम्मेदवारको सूची बनाइरहेका छन् । 

२०७९ असोज ३ १४:२३ बजे

प्रतिक्रिया