महारानी एलिजाबेथको आज अन्तिम संस्कार

बेलुका ८ः ३० बजे दफनाईने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १२:३९ बजे
महारानी एलिजाबेथ

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज  अन्त्येष्टि गरिने भएको छ । उनको शाही परम्परा अनुसार अन्त्येष्टि गरिने भएको हो ।  करिब एक घण्टासम्म चल्ने राजकीय अन्त्येष्टिको कार्यक्रम नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे (ब्रिटिश समय अनुसार ११ बजे) सुरु हुनेछ ।

राजकीय अन्त्येष्टिपछि देशभर २ मिनेट मौन धारण गरिने समेत भएको छ । ९६ वर्षीया रानी एलिजाबेथको गत सेप्टेम्बर ८ मा निधन भएको थियो । बेलायतको शाही परम्परा अनुसार रानीको मृत्युको १० दिनपछि अन्तिम संस्कार  गरिने लागेको हो । 

रानीको कफिनलाई आज विशेष सवारी ‘गन क्यारिएज’ मा वेस्टमिन्स्टर एबेमा लगिनेछ । यो सवारी एडवर्ड सातौं, जर्ज पाँचौं, जर्ज छैठौ र सर विन्स्टन चर्चिलको अन्त्येष्टिको लागि प्रयोग गरिएको थियो ।

वेष्टमिन्स्टर एबेमा अन्तिम राजकिय सम्मान सकिए पछि राजपरिवारका सदस्य र नजिकका व्यक्तिहरूको उपस्थितिमा एक निजी समारोह हुनेछ । साथै रानीलाई बेलायतको स्थानिय समय अनुसार ४ः३० र नेपाली समय अनुसार बेलुका ८ः ३० बजे दफनाईने छ ।

२०७९ असोज ३ १२:३९ बजे

प्रतिक्रिया