एआईजी आचार्य सवार गाडी बारामा दुर्घटना

एआईजी आचार्य सवार गाडी बारामा दुर्घटना

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १६:०७ बजे
एआईजी आचार्य

काठमाडौं ।   नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सवार रहेको  गाडी दुर्घटनामा परेको छ । एआईजी  मुकुन्द आचार्य सवार गाडी बारामा दुर्घटना  परेको हो ।

बाराको कोहल्वीमा उनी सवार गाडी दुर्घटना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जनाएका छन् ।  

दुर्घटनामा परेका आचार्य भने सकुशल रहेको  राईले  जनाएका छन् । जनकपुरबाट फर्कने क्रममा एआईजी आचार्य सवार बी एए ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको  हो ।  

२०७९ साउन ६ १६:०७ बजे

प्रतिक्रिया